काठमाडौं। थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आमसर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणलाई बिक्री खुला गर्न लागेको हो।
कम्पनीले असार ५ देखि सेयर बिक्री खुला गर्ने छ। असार ८ गतेसम्म आवेदन दिन सकिने छ।
कम्पनीको जारी पुँजी ४९ करोड ५० लाख रुपैयाँ छ। यसको २५ प्रतिशत सेयर जारी गर्न लागेको हो। यसैभित्रबाट प्रभावित र रोजगारीमा गएकाहरुले पाएका हुन्।
अब आमसर्वसाधारणले ६ लाख १३ हजार १६२ कित्ताका लागि दावी गर्न सक्ने छन्। कम्तिमा १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।