काठमाडौं। बालाजी सिमेन्टले बहुबली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्ट भारत निकासी सुरु गरेको छ। भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड पाएसँगै उद्योगले सिमेन्ट निकासी सुरु गरेको हो।
उद्योगले पहिलो चरणमा भारत उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लामा रहेको क्लासिक इन्टरप्राइजेजलाई ४२ टन सिमेन्ट बेचेको छ। कपिलवस्तुको कृष्णनगर नाकाबाट सिमेन्ट निकासी भएको हो। चालु आर्थिक वर्षको बजेटमा सिमेन्टलाई ८ प्रतिशत नगद अनुदान दिएका कारण भारतमा निकासी सम्भव भएको हो।
२०७७ सालमा स्थापना भएको बालाजीबाट दैनिक १ हजार ६ सय टन सिमेन्ट उत्पादन भइरहेको कम्पनीले जनाएको छ।