झापा। झापास्थित इलाका प्रहरी कार्यालयका दुईवटा भवन निर्माण भएर सञ्चालनमा आएका छन्। कुमरखोद र घैलाडुब्बाको नवनिर्मित दुई वटा कार्यालय भवन हिजोदेखि सञ्चालनमा आएका हुन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) राजेशनाथ बास्तोलाले सोमबार छुट्टाछुट्टै कार्यक्रमका बीच दुवै नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन गरेका हुन्।
दुवै भवनको ठेक्का टक्सार निर्माण सेवा प्रालि काठमाडौंले लिएको थियो। टक्सारले कुमरखोदको ठेक्का २ करोड ३५ लाख ८७ हजार ६ सय २८ रुपैयाँ ८४ पैसामा लिएको थियो, भने घैलाडुब्बाको ठेक्का २ करोड ३३ लाख १३ हजार ६९३ रुपैयाँ ७७ पैसामा लिएको थियो।