काठमाडौं। म्याग्दीमा जलविद्युत आयोजना निर्माण हुने भएको छ। ९.१४ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो।
सुपर घलेम्दी हाइड्रोपावर प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने घलेम्दी खोलामा उक्त जलविद्युत आयोजना निर्माण गर्न लागेको हो। कम्पनीले विद्युत उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको थियो। विभागले कम्पनीलाई अनुमतिपत्र दिन अन्तिम तयारी गरिरहेको छ।
विभागले बिहीबार सूचना सार्वजनिक गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेश गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।
आयोजनाको मुख्य भौतिक संरचनाहरु घलेम्दी खोलाको दायाँ किनारमा रहने बताइएको छ। २०८२ साल बैशाखदेखि व्यवसायिक उत्पादनको लक्ष्य छ।