सर्लाही। सर्लाहीको उत्तरी चुरेभेग र त्यस आसपासका बस्तीमा विद्युत अबरुद्ध भएको छ। उक्त क्षेत्रमा दुई दिनदेखि विद्युत् अवरुद्ध भएको हो।
दुई दिनदेखि भएको विद्युत अवरुद्धका कारण स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन्।
मङ्गलबार रातिदेखि बिजुली अवरुद्ध भएकाले मोबाइल चार्ज गर्न समेत नपाएको स्थानीयको गुनासो छ।
चार्ज नभएर मोबाइल ‘अफ’ हुँदा स्थानीय सञ्चार सम्पर्कविहीन बनेका छन्। हावाहुरीले ठाउँ–ठाउँमै पोल भाँचिएको र तार लत्रिएर भुईँमा खसेकाले चुरे भेगमा विद्युत् अवरुद्ध भएको हो।
बत्ती अवरुद्ध हुँदा कुटानि पिसानी गर्ने मिल र अन्य विद्युतीय उपकरणबाट हुने सम्पूर्ण काम ठप्प भएका छन्।
मङ्गलवार रातिको हावाहुरीले लालबन्दी ६ स्थित फुटबल चौर क्षेत्र र लालबन्दी १७ रानिगञ्ज जङ्गल क्षेत्रमा बिजुलीको खम्बा र तारमा धेरै क्षति पुर्याएकाले मर्मतमा समय लागिरहेको बताइएको छ।