काठमाडौं। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असार १० गतेबाट सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि जारी गर्न लागेको हो।
कम्पनीको सेयरमा असार १३ गतेसम्म आवेदन दिन सकिन्छ। २२ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले २९.५५ प्रतिशत सेयर जारी गर्ने छ। यसैबाट रोजगारीमा गएका, प्रभावित, सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणलाई छुट्याएको हो।
सर्वसाधारणले ५ लाख ३९ हजार ५०० कित्ता सेयरमा दाबी गर्न पाउने छन्। एक जनाले कम्तिमा १० कित्ता र बढीमा एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्छन्।