म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण सम्पन्न भएको छ। रविना–अमित जेभीले जिम्मा पाएका अस्पताल भवन गत फागुन मसान्तमा नै सम्पन्न भएको हो।
स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन २०७८ वैशाख १७ गते रविना–अमित जेभीसँग पाँच करोड १२ लाख ६० हजारमा भवन निर्माणसम्बन्धी ठेक्का सम्झौता भएको थियो। । पछिल्लो पटक थपिएको म्याद २०७९ फागनु मसान्तभित्र नै निर्माण व्यवसायीले भवन निर्माण सम्पन्न गरेको हो।
अपाङ्गमैत्री पाँच शय्या क्षमताको भूकम्प प्रतिरोधी भवन निर्माण भएकोछ। निर्माण भएको भवनमा आकस्मिक कक्ष, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डार कोठा, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको बताइएको छ।