काठमाडौं। काठमाडौं महानगरपालिकाले स्थानीयवासीको अवरोधका कारण सार्वजनिक शौचालय निर्माण हुन नसकेको जानकारी गराएका छन्।
विगत ३ वर्षदेखि नै कामपाले हरेक वडामा सार्वजनिक शौचालय निर्माण गर्ने भने पनि हालसम्म नयाँ शौचालय निर्माण नहुनुको साथै भएका शौचालयलाई सफाइ गर्ने काम पनि अघि बढ्न सकेको छैन्। काठमाडौं महानगरपालिकाले यसको दोष स्थानीय बासिन्दालाई लगाएको छ।
विश्व शौचालय दिवसका अवसरमा आयोजित कार्यक्रममा कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले सार्वजनिक शौचालय भन्नेबित्तिकै गन्ध आउँछ भन्ने बुझाइ रहेको बताएका छन्। उनले विगतमा सञ्चालन गरिएको सार्वजनिक शौचालयको व्यवस्थापनका कारण बनेको नकारात्मक बुझाइका कारण नयाँ शौचालय निर्माणको काम अघि बढ्न नसकेको जानकारी गराएका छन्।