काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्ला टावर र ठूला एयरपोर्ट निर्माणले मात्र देश समुन्नत नबन्ने बताएका छन्। सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले देश समुन्नत छ कि छैन भनेर मापन गर्नेकुरा भनेको देशमा बाँचिरहेको श्रमिकले सास फर्ने अवस्था छ कि छैन भनेर हेर्नुपर्ने बताए। काँग्रेस संस्थापक नेता बीपी कोईरालाले श्रमिकको हक हितका लागि १५ वर्षे खाका बनाए पनि काम गर्ने समय नपाएको उनले बताए । अहिलेका नेताहरुले समय पाए पनि काम गर्ने योजना बनाउन नसकेको आरोप समेत लगाए।
महामन्त्री शर्माले देशमा परिवर्तन सुस्त ढङ्गले भइरहेकाले केही पनि भएको छैन भनेर निराश हुने अवस्था भने नरहेको बताए। राजनीतिक दलका नेताहरु इमान्दार, देश र जनताप्रति समर्पित हुन सके मुलुकको परिवर्तन चाँडै हुने उनको भनाइ छ।