हुम्ला। हुम्लामा सबस्टेशन निर्माण गरिने भएको छ। राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सबस्टेशन निर्माण गरिने भएको हो।
सबस्टेशन निर्माणका लागि जग्गा छनौट गरिएको छ। स्थलगत रुपमा अनुगमन गर्न जिल्ला आई पुगेका नेपाल विद्युत प्राधिकरणको टोलीले गाउँपालिकाको समन्वयमा जग्गा छनौट गरेको हो।
अदानचुली गाउँपालिकाले प्राधिकरणका इन्जिनियर पशुुपति ढुङ्गेलको नेतृत्व टोलीले गाउँपालिकाको समन्वयनमा अदानचुली गाउँपालिका–१ को राक्सेकाँधमा जग्गा छनौट गरेको बताएको छ।