काठमाडौं। कास्कीमा मिवाजे खोला साना जलविद्युत आयोजना निर्माण हुने भएको छ। ४.९५ मेगावाटको मिवाजे खोला साना जलविद्युत आयोजना निर्माण हुने भएको हो।
कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका भएर बग्ने मिवाजे खोलामा उक्त आयोजना निर्माण हुने भएको छ। सो आयोजना दुर्गा काली हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको हो।
आयोजनाको सम्भाव्यता र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको बताइएको छ। कम्पनीले अध्ययन सकेर विद्युत विभागसमक्ष उत्पादन अनुमतिपत्र (जेनेरेस लाइसेन्स) माग गर्दै आवेदन दिएको थियो।
विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। बुधबार सूचना सार्वजनिक गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस सरोकारवालाहरुलाई अनुरोध गरेको छ।
निर्धारित योजनाअनुसार आयोजना निर्माण पुरा भए २०८३ असार ८ गतेबाट विद्युत उत्पादनको लक्ष्य राखिएको बताइएको छ।