कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा निर्माण भएको डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँबरले एक कार्यक्रमको आयोजना गरी बोरिङको उद्घाटन गरेका हुन्।
बर्दगोरिया वडा नम्बर ३ को बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको उद्घाटन गरिएको पालिकाले जनाएको छ।
बोरिङबाट १६ वटा प्वाइन्ट (भल्भ) १६०० मिटर पाइप बिस्तार सहित ६० बिगाहा जमिनमा सिँचाइ सेवा उपलब्ध हुनेगरी निर्माण भएको बताइएको छ । यसयोजनाबाट २०० घरधुरी लाभाम्वित हुनेछन् ।