काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकास मोडलबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।
नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको विकास मोडलबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
उनले अब सामान्य सुधारले मात्र नपुग्ने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘सामान्य सुधार होइन अब र्याडिकल सुधार गर्नुपर्ने भएको छ। सामान्य सुधारले अब हुँदैन।’
उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्रीले भनेको एचआइटी (हिट) अब सुपर एचाआइटी बनाउनुपर्ने बताए।