गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको वडानम्बर–३ को धुरेलडाँडामा १५ शय्याको अस्पताल भवन निर्माणको काम ९५ प्रतिशत पूरा भएको हो।
अहिले भवनको रङ्गरोगन र सरफाइको काम मात्रै बाँकी रहेको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
गुल्मीदरबार गाउँपालिकामा निर्माण भएको भवनको २०७७ साल मंसिर १५ गते तत्कालीन लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठले शिलान्यास गरेका थिए ।
कुल १८ करोडको लागतमा भवन तयार हुन लागेको भवनको अर्जुन बिल्र्डस प्रालिले निर्माण गरेको हो ।
भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने समय रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्याधुनिक खालको रहेको छ ।