काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिकामा सिकोस खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ। सो गाउँपालिकामा ३.४५ मेगावाटको सिकोस खोला जलविद्युत आयोजना निर्माण हुने भएको हो।
प्रस्तावित आयोजना सिंकोस हाइड्रोपावर प्रालिले सिकोस खोलाको पानी उपयोग गर्दै निर्माण गर्न लागेको हो। कम्पनीले सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरण अध्ययन प्रतिवेदन तयार पारिसकेको छ।
आइतबार एक सूचना सार्वजनिक गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ। उक्त आयोजनाबाट २०८३ फागुन ७ गतेबाट व्यवसायिक उत्पादन थाल्ने लक्ष्य छ।