काठमाडौं। नेशनल हाइड्रोपावर कम्पनीले असार २९ गतेबाट हकप्रद बिक्री गर्ने भएको छ। कम्पनीले १ः०.५ को अनुपातमा हकप्रद बिक्री गर्ने भएको हो।
कम्पनीका अनुसार ८२ लाख २१ हजार ४६० कित्ता हकप्रद निष्कासन गर्न लागेको छ। १०० रुपैयाँको दरले ८२ करोड २१ लाखको हकप्रद बिक्री गर्दैछ। अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ छ।
सेयरधनीले प्रत्येक १० कित्ता बराबर पाँच कित्ताका लागि आवेदन दिन मिल्नेछ। अन्तिम दिन साउन १८ गतेसम्म तय गरेको छ। त्यसपछि चुक्ता पुँजी २ अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ।