काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष (आव) २०८०/८१ मा १०० हाइमास्ट लाइट जडान गर्ने भएको छ । महानगरपालिका अन्तर्गत विभिन्न मूख्य चोक र क्षेत्रहरूमा जडान गर्ने भएको हो।
आइतबार (असार १० गते) महानगरका उपप्रमुख सुनिता डंगोलले बजेट प्रस्तत गर्दै ‘उज्यालो शहर, मेरो महानगर’ योजना अन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने बताएकी हुन्। यसका लागि महानगरले ३० करोड बजेट विनियोजन गरेको छ ।