चितवन ।भरतपुर महानगरपालिकाले समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ ।
महानगरमा हालसम्म भएका विकासका कामको समिक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गर्न लागिएको हो ।
यस कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित जिल्लाका सरोकारबाला व्यक्तिका साथै ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक उपस्थित हुने महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताइन् ।