नेपालगन्ज। नेपालगन्जमा एक हजार घरधुरीको ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको छ । स्वच्छ वातावरणसँगै चारैतिर हरियाली देखिनेगरी ‘नेपालगन्ज ग्रिन सिटी’ को निर्माण सुरु गरिएको हो।
कालीका हाउजिङ प्रालिले नेपालगन्ज –६ स्थित हरियाबाबारोड रामनगरमा ५० बिघा जग्गामा सो ग्रिन सिटी निर्माण सुरु गरेको छ। नेपालगन्ज १३ र १४ मा ५० बिघा क्षेत्रफलमा निर्माण गर्नेगरी हाल २५ बिघामा निर्माण सुरु गरिएको कालीका हाउजिङ प्रालिले बताएको छ।
उक्त ग्रिन सिटी’ कुल पाँच अर्ब लगानीमा निर्माण भइरहेको छ। बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै सहरभन्दा अलग एकान्त तथा मनोरम वातावरणसहितको ग्रिन सिटी निर्माण गर्न सुरु गरिएको हो।
प्रालिका अनुसार प्रत्येक घरधुरीलाई घरआङ्गनका बिरुवा रोप्न प्रोत्साहन गरिनेछ। स्वच्छ हरियालीसहित परिदृश्यको लागि ३५ प्रतिशतभन्दा बढी भूमि छुट्याई हरियाली सहरलाई प्रोत्साहन गरिएको छ।