दोलखा। सिंगटीमा अनुदान सम्झौतामा सुरु गरिएको भुकम्प पिडितको निजि आवास निर्माण सकिएको छ। २०७२ सालको भुकम्पले क्षति पुर्याएको सिंगटीको निजि आवास अनुदान सम्झौतामा ६ वर्षमा निर्माण लगभग सकिएको छ। भुकम्प अति प्रभावित १४ सहित ३२ जिल्लामा ९१ प्रतिशत निजि आवास निर्माण सकिएको छ। बाँकि रहेको काम आउदो मंसिरसम्म सकिने छ । ९ प्रतिशत निजि आवासको काम जिल्ला कार्यन्वयन भवन तथा आवास क्षेत्रबाट नै हुनेछ।
भुकम्प अति प्रभावित १४ जिल्लाको ८ लाख वढि जनसङ्ख्या मध्ये ७ लाख वढि जनसङ्ख्याले अनुदान सम्झौता गरेका छन्। अहिलेसम्म ६ लाख भन्दा वढी घरहरु निर्माण भइसकेको छ। ९७ प्रतिशत निर्माण सकिएको र बाँकि काम इकाइ भवन तथा आवासबाटै हुनेछ। उक्त काम इकाइबाट हस्तानतरण गरिसकेको छ। दोलखाामा ३ हजार वढी घरहरु पुनःनिर्माण बाँकी भएको र सो काम जिल्ला कार्यन्वयन इकाइले गर्ने छ।
शिक्षा मन्त्रालयले विधालय पुनःनिर्माणको काम कसलाई जिम्मा दिन्छ टुंगो लागेको छैन्। निजि र सरकारी भवन निर्माणको काम जिम्मा लिएको कार्यलयहरुले कसरी काम अगाडी बढाउने भन्ने बिषय अझैअन्योलमा रहेका छन्।