काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण र आपूर्तिकर्ता कम्पनीलाई अन्तिम पटक स्पष्टीकरण सोधेको छ। कार्यालयले निर्माण व्यवसायी र आपूर्तिकर्तालाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचना प्रकाशित गरेको हो।
विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस आएपछि यस अघि नै सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटै कम्पनीलाई ३० दिनभित्र स्पष्टीकरण बुझाउन सूचना प्रकाशित गरेको थियो। तर समयअवधि सकिँदासम्म पनि कुनै स्पष्टीकरण नआएकाले अन्तिम मौकाको रुपमा कार्यालयले फेरि सात दिनको अल्टिमेटम सहितको स्पष्टीकरण माग गरेको छ। सात दिनभित्र पनि यी निर्माण कम्पनी र आपूर्तिकर्ताले कुनै स्पष्टीकरण नबुझाएमा कालोसूचीमा राख्ने चेतावनी समेत खरिद अनुगमन कार्यालयले दिएको छ।
कम्पनीको नामावलीसहितको सूचना:
