गाईघाट । व्यावसायिक उत्पादन गर्न थालेको उदयपुर सिमेन्ट उधोगले तीन वर्ष वित्नलाग्दा पनि हालसम्म खानीको चुनढुङ्गा १० प्रतिशत मात्र सदुपयोग गर्न सकेको छ। २०४४ सालदेखि उदयपुर जिल्लाको त्रियुगा नगरपालीका जलजलेमा रहेको उधोगले सिँदालीस्थित खानीबाट चुनढुङ्गा उत्खनन गर्दै आएको छ।
उधोगका महाप्रबनधकका अनुसार १०९ मिटर गहिरो र पाँच वर्ग किलोमिटर चौडाइमा उधोगसँग चट्टानमा फैलिएको सात करोड भन्दा माथिको मेट्रिक टन कच्चा पदार्थले भरिएको खानी भण्डार रहेको छ। पहिले लगभग २०० वर्षपुग्ने कच्चा पदार्थ रहेको भनिएता पनि अहिलेको गतिमा उत्पादन गर्दै जाने हो भने खानीको उत्खनन् अबको ४०० वर्षमा पनि हुन नसक्ने उधोगका महाप्रबन्धकले बताउनु भयो।
५२ प्रतिशत भन्दा माथी क्याल्सियम अक्साइड र २ प्रतिशतभन्दा कम म्याग्नेसाइड चुन ढुङ्गाको गुणस्तर रहेकोले यो दक्षीण एसियाको ठुलो गुणस्तरको रहेको र यसको क्लिङ्करलाई “ब्ल्याक डाइमन्ड” समेत भन्ने गरिएको जनाउनुभयो। उहाँका अनुसार यस्तो ठुलो परिमाणको खानीको सदुपयोग गर्न अहिले संचालनमा रहेको क्लिङ्कर उत्पादनका लागि प्लान्टको क्षमता बढाएर दैनिक रुपर्मा ६ हजार मेट्रिक टनका दरमा उत्खनन गर्नसक्ने गरी उधोगको क्षमता विस्तार गर्न धेरै आवस्यक रहेको छ ।
यस उधोगको १७ बिघा जमिन खाली रहेकोले सरकारले लगानी गरेमा सजीलै नयाँ प्लान्ट निर्माण गर्न सकिने छ। केन्द्रीय सरकारको माताहतमा रहेको उक्त उधोगलाई स्थानीय सरकारको पनि स्वामित्व हुने गरेर कानुन संसोधन गरी स्थानीय तहमा रोजगारी हुने गरी नयाँ प्लान्ट थप्न ढिला भएको त्रियुगा नगरपालिकाका वडाध्यक्षले जनाउनुभयो।