काठमाडौं। कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि आजबाट सेयर जारी गरेको छ।
कम्पनीले रोजगारीमा र प्रभावितलाई जारी गरिसकेपछि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गरेको हो।
कम्पनीले असार २९ गतेसम्म सेयर जारी गर्ने छ। कम्पनीको सेयरमा न्यूनतम १० र अधिकतम हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीको जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ छ। यसको १० प्रतिशत सेयर जारी गरेको हो। यसबाट रोजगारीमा गएका, प्रभावित, कर्मचारी र सामूहिक लगानी कोषहरुले पाइसकेका छन्।
अब सर्वसाधारणले एक लाख १ हजार १५१ कित्ताका लागि दाबी गर्न पाउने छन्।