काठमाडौं। सहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको जानकारी दिएकी छन्। जिल्ला समन्वय समिति ललितपुरको सातौँ जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको जानकारी दिएकी हुन्।
उनले राज्यको स्पष्ट सहरको स्वरूप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको बताइन्।
मन्त्री गुरुङले काठमाडौं उपत्यकामा ठुलो सहर नभएको, गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी, साना–साना पार्क र फुटपाथ केही पनि नभएर धेरै घरहरू भएको सहरका रूपमा स्थापित भएको बताइन् । उनले यसरी बनेका घरहरू राज्यले सहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको भन्दै सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने दाबी गरेकी छन्।
मन्त्री गुरुङले भनिन्, ‘‘राज्यले नीतिगत रूपमा सहरको स्वरूप यस्तो हुनुपर्छ भनेर कार्यान्वयन गर्न नसक्दा काठमाडौं उपत्यकामा घरै मात्रै भएको अवस्था छ । ठुलो सहर पनि छैन । गाडी पार्किङ गर्ने ठाउँ पनि छैन । खानेपानी, साना–साना पार्क र फुटपाथकेही पनि छैन । धेरै घरहरू भएको सहर भएको छ । सहरलाई कसरी व्यवस्थित बनाउने भनेर सबै भत्काउन सकिने अवस्था छैन् । तर पनि व्यवस्थित बनाउने दृष्टिकोणका साथ सरकारले अहिले काठमाडौं उपत्यकाको मास्टर पलान बनाएर अगाडि बढाउने हिसाबले काम गरिरहेका छौँ ।’’