खानी तथा भूगर्भ विभागले एक शताब्दी अगाडी देखि धौंलागिरि गााँपालिका मल्कवाङमा बन्द भएका तामाखानी संरक्षण र उत्खनन् गर्न अध्ययन प्रक्रिया थालेको छ।
मल्कवाङका वडाध्यक्षको जानकारी अनुसार चिनियाँ दुई जना प्राविधिकसहितको टोलीले खानी रहेको स्थानको अध्ययन गरेको छ। थप अध्ययनका लागी अर्को टोली उपकरणसहित फेरी आउने उहाँले बताउनु भयो।
एक शताब्दी अगाडी देखी बन्द रहेको तामाखानी हाल बेवारिसे अवस्थामा रहेका छन्। तामा उत्खनन् गर्नको लागी मल्कवाङ नजिकै खनिएका दर्जनौँ सुरुङ संरक्षणको अभावको कारण बाढीले पुरिँदै छन्। यस्तो अवस्थामा सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएकोले स्थानीयबासी पनि खुसी छन्।
तामाखानी उत्खनन् गरिएमा प्रविधि , नयाँ ज्ञान , र सीप अब आउने पुस्ताको लागी पनि हस्तान्तरण हुने भन्दै स्थानीय उत्साहित भएका छन्। विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई आरनमा दलित समुदायले प्रशोधन गरेर भाँडाकुँडा बनाई विभिन्न ठाउँमा लगेर बिक्रि गरी जीविन चलाई रहेका थिए।
तामाखानीको अध्ययनसँगै उत्खनन्को वातावरण सिर्जना हुने कुरामा स्थानीयले विश्वास गरेका छन्। खानी उत्खनन् र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास जस्ता कुराको आशा राखिएको छ। उक्त तामाखानीको सम्भाव्यता अध्ययनका लागी जनप्रतिनिधि र गाउँपालीका दुबैले पहल गरेका थिए। तामाखानीको संचालन पछि रोजगारीको अवसर सिर्जना हुने आशा राखिएको छ।