झापा । भद्रपुर १० नम्वर वडा कार्यालय मातहतको आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण पूरा भएको छ । नवनिर्मित भवनको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।
भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भवन उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, जग्गादाता लेखनाथ निरौला, भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
भवन निर्माणका लागि ३२ लाख ३ हजार ३६६ रूपैयाँ लागत लागेको नगरपालिकाले जनाएको छ ।