काठमाडौं। सिजी सिमेन्ट कम्पनीभित्र वारपार गर्न बनाइएको चेन चुँडिदा १३ जना कामदार घाइते भएका छन्। पाल्पाको रैनदेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट कम्पनीमा इँटा वारपार गर्न बनाइएको चेन बुधबार साँझ चुँड्दा खसेर १३ जना कामदार घाइते भएका हुन्।
घाइते हुनेमा रैनदेवी छहरा– ३, का पदम सोमै, सोही स्थानका चिन्ताबहादुर डङ्गोल,सुमन नेपाली, नवलपरासी सुनवलका लीलबहादुर गुरुङ, कपिलवस्तुका महेश बराम, कमल पासी, उमेश पासी, रुपन्देही देवदहका यमबहादुर विक, सोहनलाल जैसी र अक्सर मिसर छन्। उनीहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।