रसुवा। चीनबाट आएको १२ कन्टेनर विस्फोटक पदार्थ रसुवागढी नाकामा रोकिएको छ। फास्ट ट्र्याक र जलविद्युत् परियोजनाका लागि ल्याइएको विस्फोटक पदार्थ २० दिनदेखि नाकामै रोकिएको हो।
रसुवा भन्सार प्रमुख रामप्रसाद पाठकले भने यसबारे जानकारी नभएको बताए । उनले गृह मन्त्रालयको पत्रबारे पनि केही जानकारी नभएको बताएका छन्।
उता भारतले पनि नेपालको जलविद्युत् आयोजना निर्माणमा आवश्यक सामग्री रोकेर अवरोध खडा गरेको छ । परियोजनाका लागि अत्यावश्यक विस्फोटक पदार्थ आयातका लागि भारतीय दूतावासले ६ महिनादेखि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिएको छैन, लगानीकर्ताहरू विद्युत् विकास विभाग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र भारतीय दूतावासको चक्कर लगाउन बाध्य छन् तर सुनुवाइ भएको छैन । कान्तिपुरबाट