काठमाडौं। पोखरामा जलविद्युत आयोजना निर्माण हुने भएको छ। पोखरामा १३ मेगावाटको जलविद्युत आयोजना निर्माण हुने भएको हो।
श्रेष्ठ इनर्जी सोलुसन प्रालिले अप्पर सेती–१ जलविद्युत आयोजना निर्माण गर्न लागेको हो। प्रस्तावित आयोजना पोखरा महानगरपालिका–१९,२५ र माछापुच्छ्रे गाउँपालिका–२,३ र ४ भएर बग्ने सेती नदीमा निर्माण हुनेछ।
यो आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव (आइइ) प्रतिवेदन तयार भइसकेको छ। कम्पनीले आयोजना निर्माणको अनुमति (जेनेरेस लाइसेन्स) मा गर्दै विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ।