काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका–६ स्थित तीनपिप्लेमा रहेका अनधिकृत संरचना हटाइएको छ । २० वटा अनधिकृत संरचना हटाइएको हो।
बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि अरनिको राजमार्गअन्तर्गत तीनपिप्लेको दायाँ–बाँया १५ मिटरभित्रका २० वटा टहरा तथा घरहरू हटाइएको छ।
पाँचखाल नगरपालिकाको पहल र सडक डिभिजन कार्यालय भक्तपुरको समन्वयमा अनधिकृत रुपमा बनेका घरटहराहरू हटाइएको पाँचखाल नगरपालिकाकाले जनाएको छ।