अर्घाखाँची। अर्घाखाँची जिल्लामा १५ शय्याको अस्पताल निर्माण भएको छ। जिल्लाको भूमिकास्थान नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा उक्त आधारभूत अस्पताल निर्माण गरेको हो
नगरपाकिाका अनुसार जिल्लाका ६ वटा स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाले पहिलोपटक आधारभूत अस्पताल निर्माण पहिलो चरणमा निर्माण सम्पन्न गरेको हो
अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण खरिदका लागि नगरपालिकाको आर्थिक स्रोतले भेट्न नसक्ने भएकाले केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गरेर सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।
अस्पताल निर्माण भएपछि स्थानीय जनता पनि खुशी भएका छन्। समय र पैसा दुबै खर्च गरेर लामो बाटो उपचार गर्न जानुपर्ने बाध्यता हट्ने उनिहरुको विश्वास छ।