सर्खेत। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले नेपाल निर्माण व्यवसायी महासंघकाे आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार विभिन्न राजनीतिक दलका नेताहरूसँग भेट गरेको छ। महासंघले बिहीबार नेताहरुलाई अल्टिमेटम सहित आफ्नो नौ बुँदे ज्ञापन पत्र बुझाउँदै भेटघाट गरेको हो।
महासंघले नेकपा एमाले कर्णाली प्रदेश, नेपाली काग्रेस कर्णाली प्रदेश र नेकपा माओवादी केन्द्रका प्रदेश दलका नेतासँग भेट गरेको छ।
महासंघका महासचिव मानव बम र सचिब भरत कु डागि नेतृत्वको प्रतिनिधिमण्डलले ३ दलका नेताहरुलाई महासंघका मागहरू सहित आन्दोलनको भावी कार्यक्रम बारे जानकारी गराएका छन् ।

जवाफमा प्रदेश दलका नेताहरुले निर्माण व्यवसायीहरूका समस्याबारे जानकार रहेको र समस्या समाधानका लागि आआफ्नो ठाउँबाट पहल र सरोकारवाला सम्पूर्ण प्रदेश र केन्द्रीय सरकारसंग यथोचित सिग्र समाधानका लागि ध्यानआकर्षण गराउने प्रतिबद्धता जनाएको महासंघले जानकारी दिएको छ।

तस्बिर: महासंघकाे फेसबुकबाट