चितवन । भरतपुर महानगरपालिकामा ‘समृद्ध भरतपुर विकास बहस’ कार्यक्रम सम्पन्न भएको छ ।
समृद्ध भरतपुर निर्माणका लागि भरतपुर महानगरले आयोजना गरेको कार्यक्रम सोमबार भव्यताका साथ सम्पन्न भएको हो । महानगर प्रमुख रेणु दाहालले कार्यक्रममा सम्पूर्ण अतिथिबाट भरतपुर विकासका लागि महत्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको जानकारी दिइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाको विकासका लागि विभिन्न मन्त्रालयको ध्यानाकर्षण गराए
कार्यक्रममा उनले ८–१० वर्षभित्र विकासमा भरतपुर महानगर र चितवनले क्रान्ती ल्याउने बताए । यसलाई देशव्यापीरुपमा विस्तार गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।
त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भरतपुर महानगरको विकास नमूना योग्य रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय सकारात्मक रहेको बताइन् ।
अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरका महत्वपूर्ण आयोजना सम्पन्न गर्न आवश्यक बजेटका लागि मन्त्रालय सकारात्मक रहेको बताए।