काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिएको छ। आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालय अगाडी धर्ना दिएको महासंले आज प्रधानमन्त्री कार्यालय अगाडी धर्ना दिएको हो।
महासंले आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको लगायतका विभिन्न माग राख्दै आन्दोलनका विभिन्न कार्यक्रमहरु गरिरहेको छ।
निर्माण व्यवसायीहरुले प्रधानमन्त्री निवास अगाडी सेफ्टी हेल्मेट लगाएर विभिन्न माग उल्लेख गरिएका प्लाकार्ड बोकेर एक घन्टा धर्ना दिएका हुन्।
‘लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्’, ‘माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर’, ‘निर्माण कार्यको म्याद थप गर’, ‘मूल्य समायोजन तुरून्त कार्यान्वयन गर’, ‘व्यवसायीले आत्मदाहा गर्ने क्रम बन्द गराउ’, ‘सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्’ लगायत उल्लेख गरिएको प्ले कार्ड प्रयोग गरिएको छ।