काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आज दिउँसो नयाँबानेश्वरस्थित संसद भवन अगाडी धर्ना दिने भएको छ। आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले दिउँसो ३ बजेदेखि संसद भवन अगाडी धर्ना बस्ने भएको हो।
महासंघले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी धर्ना दिएको थियो। निर्माण कार्यको म्याद थप, बाँकी बिलको रकम भुक्तानी, माइलस्टोनको व्यवस्था खारेज, मूल्य समायोजन कार्यान्वयन लगायतका विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु अहिले आन्दोलनरत छन्।
आइतबार बिहान सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना बसेको महासंघ आज बिहान बालुवाटारमा धर्नामा बसेको थियो भने आजै दिउँसो संसद भवन अगाडी धर्ना दिने कार्यतालिका रहेको छ।
महासंघ लगायत महासंघ मातहतका देशभरका प्रदेश महासंघहरु र जिल्ला संघहरु पति यतिबेला आन्दोलनमा छन्।