काठमाडौं। सिन्धुपाल्चोकमा अपर ब्रम्हायणी जलविद्युत आयोजना निर्माण हुने भएको छ। १५.१५ मेगावाटको अपर ब्रम्हायणी जलविद्युत आयोजना निर्माण हुने भएको हो।
उक्त आयोजना इन्टिग्रेटेड हाइड्रो फण्ड नेपाल प्रालिले निर्माण गर्ने भएको छ। सो आयोजना जुगल गाउँपालिका–२ र ३ मा पर्ने न्याम्या मसाल खोलामा निर्माण हुनेछ।
आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन पनि तयार भएको छ। कम्पनीले वन तथा वातारण मन्त्रालयमा पेस गरेको प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा छ। मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै प्रतिवेदनमाथि सरोकारवालासँग लिखित रायसुझाव मागेको छ।