काठमाडौं। खिम्ती–घ्वाङखोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ। ९ मेगावाटको उक्त आयोजना निलगंगा हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्ने भएको हो।
उक्त आयोजना दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकामा अवस्थित खिम्ती र घ्वाङ खोलामा निर्माण हुनेछ। कम्पनीले आयोजना निर्माण अघि बढाउन विद्युत् विभागसमक्ष उत्पादन अनुमतिपत्र ९जेनेरेसन लाइसेन्स० माग गर्दै आवेदन दिएको छ।
विभागले लाइसेन्स दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। बिहीबार सूचना प्रकाशित गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न आग्रह गरिएको छ।