धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना भएको छ। तुलसीपुर दाङबाट काठमाडौँतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २६७५ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।
बिहान करिब ५ बजे बस अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा २६ जना घाइते भएका छन्। घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको रअन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते सल्यान सबेश्वरी ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ।