काठमाडौं। निर्माण व्यवसायी संघ कञ्चनपुरको २६ औं वार्षिक साधारणसभा आगामी भाद्र १५ गते हुने भएको छ। संघको साउन ९ गते बसेको कार्य समिति बैठकले भाद्रा १५ गते साधारणसभा गर्ने निर्णय गरेको हो।
संघले एक सूचना जारी गर्दै संघका सम्पूर्ण सदस्यहरुलाई भाद्र १२ गतेसम्म साधारण सभाको बन्दशत्रको प्रयोजनका लागि आफ्नो सदस्यता नविकरण गर्न आग्रह समेत गरेको छ।
