काठमाडौं। सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक उत्तरदायित्व विङ सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ सिन्धुपाल्चोकको नवनिर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ। भवन निर्माणमा टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्टको साझेदारी रहेको छ।
सो नवनिर्मित विद्यालय भवनको टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक श्रीरंग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिंह तामाङले संयुक्त रुपमा उद्धघाटन गरेका छन्। यसैगरी नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको हिस्सास्वरूप टाटा कम्युनिटी इनिसियटिभ ट्रस्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका ७ विभिन्न विद्यालय भवनहरुको पुनर्निर्माण गरिएको छ।
०७२ को भूकम्पले उक्त क्षेत्रमा अत्यधिक मात्रामा क्षति पुर्याएको थियो। त्यसैले केही वर्षदेखि पुनस्र्थापना परियोजनालाई अगाडि बढाइरहेका सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिएका छन्। सोही अवसरमा टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष दाहालका साथै भवन निर्माणमा सहयोग गर्ने विभिन्न सहयोगीलाई सम्मान गरिएको थियो।