काठमाडौं। काठमाडौंबाट पोखरा हिँडेको बस त्रिशुली नदीमा खसेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो।
बस बुधबार बिहान त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।
