काठमाडौं। त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ। धादिङको गजुरी–२ चालिसे स्थित त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।