बारा। बारामा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ। काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।
दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।