चितवन। भरतपुर महानगरपालिकाको सिफारिसमा सात वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान कन्ष्ट्रक्सन, एकेज कन्ष्ट्रक्सन, एञ्जल निर्माण सेवा र युद्ध निर्माण सेवा रहेका छन्।
आर्थिक वर्ष २०७७/७८ देखि १६ वटा निर्माणको जिम्मा लिएर काम सम्पन्न नगर्ने कम्पनीलाई कालो सूचीमा राखिएको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुले एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि ठेक्का सम्झौता वा निर्माण कार्य गर्न पाउने छैनन्।
चालु आवमा एउटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सिफारिस गरिएको छ भने ६ वटा ठेक्का सम्झौता तोड्ने अन्तिम चरणमा महानगर रहेको बताइएको छ। सम्झौता गरी काम नगरेका र सम्झौता गर्न नआएका निर्माण व्यवसायीको सम्झौता रद्द गर्न लागिएको हो ।