काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले महिला निर्माण व्यवसायीहरुका लागि नेतृत्व विकास तालिम दिने भएको छ। महासंघ मातहतको निर्माण व्यवसायी महिला समन्वय समितिको गत भाद्र १३ गते बसेको बैठकले तालिम प्रदान गर्ने निर्णय गरेको हो।
समितिको निर्णय अनुसार तालिम आगामी भाद्र २६ र २७ गते हुने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए। तालिम महासंघको सचिवालय अनामनगरमा हुनेछ।
तालिम लिन इच्छुक निर्माण व्यवसायी महिला सदस्यहरु, त्यस फम तथा कम्पनीका महिला कर्मचारीले महासंघको सचिवालयमा आफ्नो विवरण पेस गर्न महासंघले आग्रह गरेको छ।
