काठमाडौं। दुई देशबीच सिमेन्ट व्यापार अभिवृद्धिका लागि चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच रणनीतिक साझेदारी भएको छ । नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्ति सहज बनाउने उद्देश्यले चौधरी ग्रुप र अदानी ग्रुपबीच साझेदारी भएको हो।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीका अनुसार यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ।
नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई उजागर गरेको बताइएको छ । यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समुहले लिएका छन् ।