हुम्ला। हुम्लाको सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । प्रदेश सरकारको लागतमा स्थापना हुम्लामा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको हो।
अक्सिजन प्लान्टले एक दिनमा १२ वटासम्म सिलिण्डरमा अक्सिजन भर्नसक्छ । एकपटकमा तीन वटा सिलिण्डरमा अक्सिजन भर्न सकिन्छ ।
अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ ।
पाइपबाट शय्यासम्ममै अक्सिजन आपूर्ति हुन थालेपछि श्वासप्रश्वास, सघन उपचार कक्षमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको छ।
उक्त केन्द्र स्थापना भएपछि अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिण्डर भर्न जिल्ला बाहिर नेपालगञ्ज वा सुर्खेत पठाउनुपर्ने बाध्यता अन्त हुनाका साथै समय र खर्चको बचत भएको छ ।