काठमाडौ। एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।
फन्डले बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।
यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो।
यसका साथै फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाइधनीहरुको थप इकाई सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।