काठमाडौं। जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा शाखाको काम थप प्रभावकारी बनाउन मिसिल व्यवस्थापन तथा सबुत प्रमाण भण्डारण कक्ष निमार्ण गरेको छ। सखुवा प्रसौनी गाउँपालिकाको रु १२ लाखको सहयोगमा प्रहरी कार्यालय परिसरमा उक्त कक्ष स्थापना गरिएको हो।
नवनिर्मित कक्षमा मिसिल, असिमित हदम्याद भएका फाइल र सबुत प्रमाण राख्ने स्थान छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ। कक्ष स्थापनापछि मुद्दा शाखालाई व्यवस्थित गर्न सहयोग पुगेको प्रहरी निरीक्षक कुशल बर्तौलाले जानकारी दिएका छन्। उक्त भवन निमार्णका लागि सखुवाप्रसौनी गाउँपालिकाले सहयोग गरेको हो।
त्यसैगरी भण्डारण कक्षमा मिसिल र सबुत प्रमाण राख्नका लागि आवश्यक पर्ने दराजलगायत अन्य सामग्रीको बन्दोबस्त विध्यवासिनी गाउँपालिका र निम्बस ग्रुपलले गरेको हो। गाउँपालिकाले रु ३ लाख तथा निम्बस ग्रुपले रु ५ लाख ७० हजारको सामग्री सहयोग गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्। भण्डारण कक्ष निर्माण भएसँगै कार्यलयको काम गर्न सहज वाताावरण सिर्जना भएको छ।