दमौली। तनहुँको व्यास नगरपालिकाले नयाँ बहुउद्देश्यीय भवन निर्माणको कामलाई अगाडी बढाएको छ । नगरपालिकाले चार तल्लाको व्यावसायिक भवन निर्माणको कामलाई अगाडी बढाएको हो।
नगरपालिकाको महातातमा रहेको पुरानो भवनलाई भत्काएर उक्त ठाउँमा ३ रोपनी ३ आना १ पैसा र १ दामको क्षेत्रफलमा व्यावसायिक बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको बताएको छ। नगर विकास कोष र व्यास नगरपालिकाको संयुक्त लगानीमा उक्त भवन निर्माण गर्न लागिएको हो।
नगर विकास कोषबाट ७० प्रतिशत र व्यास नगरपालिकाको ३० प्रतिशत लगानीबाट उक्त भवन निर्माण गरिने भएको हो। भुईँ तलामा ११ वटा पसल कबल,२ वटा भञ्याङ,१ शैचालय र ३ वटा प्रवेशद्वार रहने बताइएको छ। पहिलो तल्लामा १२ वटा पसल कबल, २ ,२ वटा भञ्याङ,१ शैचालय रहने छ भने दोस्रो तल्ला र तेस्रो तल्लामा खुल्ला भाग बनाई क्षेत्रफलको हिसाबले कार्यालय प्रयोजनलाई दिने गरि निर्माण गरिने भएको छ । साथै उक्त भवनमा लिफट् र एस्कालेटरको पनि सुविधा राखिने नगरपालिकाले जनाएको छ।